इरानमा एक महिलालाई टाउको नढाकेको भएर ७४ पटक कोर्रा हानियो

Iran-punishment

‘सार्वजनिक नैतिकताको उल्लङ्घन’ गरेको आरोपमा इरानी एक महिलालाई ७४ पटक कोर्रा लगाएको छ ।  टाउको नढाकेकोमा जरिवाना लगाएको छ ।

‘दोषी रोया हेशमतीले तेहरानमा व्यस्त सार्वजनिक स्थानहरूमा अपमानजनक तरिकाले उपस्थित भएर उदारतालाई प्रश्रय दिएकी छन्’, त्यहाँको अदालते भनेको छ । ‘सार्वजनिक नैतिकता उल्लङ्घन गरेको आरोपमा उनलाई ७४ कोर्रा हान्ने सजाय कानून र शरियाअनुसार दिइएको थियो ।’

Advertisement:Iran-punishment

सन् १९७९ को इस्लामिक क्रान्तिको लगत्तैदेखि इरानमा सबै महिलाहरूका लागि आफ्नो गर्धन र टाउको ढाक्न कानूनले अनिवार्य गरेको छ ।

इरानमा ड्रेस कोडको उल्लङ्घनमा कोर्रा हान्नु असामान्य छन् । यद्यपि सन् २०२२ को अन्त्यमा सुरु भएको सरकारविरोधी प्रदर्शनका क्रममा उल्लङ्घनको अभ्यास बढेपछि अधिकारीहरूले नियमको अवहेलना गर्नेमाथि कडा कारबाही गरेका छन् ।

विरोध प्रदर्शनहरू सन् २०२२ सेप्टेम्बरमा महिलाहरूका लागि इस्लामिक गणतन्त्र इरानको कठोर ड्रेस कोडको कथित उल्लङ्घनको आरोपमा पक्राउ परेकी २२ वर्षीया इरानी कुर्द महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको थियो ।

विरोध प्रदर्शनका क्रममा महिला प्रदर्शनकारीहरूले आफ्नो टाउकोबाट स्कार्फ उतारेर जलाइदिएका थिए । अन्य महिलाहरूले पनि ड्रेस कोडको उल्लङ्घन सुरु गर्न थाले। त्यसपछि कारबाही सुरु गरियो ।

इरानी अधिकारीहरूले उल्लङ्घनमाथि निगरानी गर्न सार्वजनिक स्थानहरूमा निगरानी क्यामेरा लगाएका छन् र नियमको उल्लङ्घन गर्ने व्यवसायहरू बन्द गरिदिएका छन् ।

इरानको संसद्ले ड्रेस कोडको उल्लङ्घन गर्नेलाई कडा सजाय दिने विधेयकमाथि पनि छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application