इजरायलमाथि इरानले सुरु गर्यो ड्रोन र मिसाइल हमला

isreal-aakraman-siriya-tato-khabar

तातोखबर, काटमाडौं /  इरानले इजरायलमाथि ड्रोन र मिसाइल हमला सुरु गरेको छ।

इजरायली सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको छ। अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले बताएको छ।

Advertisement:isreal-aakraman-siriya-tato-khabar

इजरायली च्यानलले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ । इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन् ।

अमेरिकाले केही दिनअघि इरानले इजरायलमाथि आक्रमण गर्ने भन्दै आफ्ना नागरिकलाई इजरायल भ्रमण नगर्न र सुरक्षित रहन चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application