संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि अमेरिकाको भिटो

Hossein-Amir-Abdollahian-gaja-war

तातोखबर, काठमाडौं। अमेरिकाले गाजा युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो (विशेषाधिकार) लगाएपछि इरानले शनिबार मध्यपूर्वमा अवस्थाको ‘नियन्त्रण गर्न नसकिने विस्फोट’ हुने खतराको चेतावनी दिएको छ ।

इस्लामिक गणतन्त्र इरानका शीर्ष कूटनीतिज्ञ (विदेशमन्त्री) होसेन अमिर–अब्दुल्लाहियानले गाजापट्टीमा मानवीय सहायता पठाउन सक्षम बनाउन इजिप्टसँगको राफा सीमालाई तत्काल खोल्न अपिल गरे ।

Advertisement:Hossein-Amir-Abdollahian-gaja-war

इजरायली अधिकारीका अनुसार इरान समर्थित इस्लामिक लडाकु समूह हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको हमलामा अधिकांश सर्वसाधारणसहित करिब एक हजार २०० मानिसको मृत्यु भएको छ । हमासले करिब २४० जनालाई बन्धक बनाएको थियो ।

इजरायलले जवाफमा हमासलाई नष्ट गर्ने वाचा गर्दै गाजामा आक्रामक हमला गरिरहेको छ । हमलामा प्यालेस्टाइनी क्षेत्रमा अधिकांश सर्वसाधारणसहित १७ हजार ४०० भन्दा बढी मानिसको मृत्यु भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायल अमेरिकाको मुख्य सहयोगी मुलुक हो ।

गाजामा तत्काल युद्धविरामको आह्वान गरिएको सुरक्षा परिषद्को प्रस्तावलाई अमेरिकाले शुक्रबार भिटो लगाएको थियो । उक्त प्रस्तावले हमासलाई अक्टोबर ७ मा गरेको हमलालाई दोहोर्‍याउन सक्षम बनाउने भन्दै भिटो लगाउनुपरेको अमेरिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application