मकवानपुरको मनहरीमा जंगली हात्तीको आतंक

हेटाैंडा- मकवानपुरकाे मनहरी गाउँपालिकामा जंगली हात्तीले आतंक मच्चाएकाे छ । आज बिहान मनहरी – ७ स्थित पेन्चेमा छिरेकाे जंगली हात्तीले २ वटा घरमा क्षति गरेकाे छ ।
बिहान ३:१५ बजेकाे समयमा जंगलबाट गाउँ छिरेकाे हात्तीले पेन्चेका भरतराज पाठकको पक्कि, एकतले माथि जस्ताले छाएको घरमा राखेको किराना पसलको उत्तर साइडको सटर भत्काई पसलमा रहेको विभिन्न सामानहरु क्षती पुर्याएको छ। त्यसैगरी सोही स्थानमा जुना रुम्वाको एक कोठे जस्ताले छाएको कच्चि घरको ढोकाको माथि सामान्य क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हात्तीले क्षति गरेकाे सम्बन्धमा जानकारी पाएपछि पर्सा राष्ट्रिय निकुञ्जबाट नेपाली सेना, मनहरीबाट खटिएकाे प्रहरी टाेली र स्थानीय मिलि हात्तीलाई जङगल तर्फ लखटेको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस