भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा साढे २६ हजार घर पूर्ण क्षति



काठमाडौं । गत कत्तिक १७ गते शुक्रबा राति जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा मात्रै झण्डै साढे २६ हजार घर पूर्ण क्षति भएको छ ।

भस्कम्पबाट रुकुमपश्चिम र जाजरकोटमा गरी २६ हजार ३७० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । उक्त भूकम्पबाट ११ जिल्लामा प्रभाव परेको थियो ।

ती सबै जिल्लामा पूर्ण क्षति भएका घर २६ हजार ५५७ मध्ये रुकुमपश्चिम र जाजरकोटमा गरी २६ हजार ३७० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको विपद पूर्वतयारी तथा प्रतिकार्य शाखाले जनाएको छ ।

जसमध्ये जाजरकोटमा ९ हजार ७९४ घर र रुकुमपश्चिममा १६ हजार ५७० वटा घर पूर्ण क्षति भएको हो ।

उक्त शाखाका अनुसार, भूकम्पबाट ती सबै जिल्लामा गरी आशिंक क्षति भएका घरहरुमा ३५ हजार ४५५ वटा रहेका छन् । तीमध्ये जाजरकोटमा २४ हजार ७०७ वटा रहेका छन् भने रुकुमपश्चिममा ९ हजार ९६१ वटा रहेका छन् ।

त्यस्तै, सल्यानमा १५१ वटा, रोल्पामा २५ वटा, दैलेखमा एक घर, बैतडी र कालिकोटमा एक–एक र जुम्लाका ५ घरमा पूर्ण रुपमा क्षति भएको हो ।

उक्त भूकम्पमा परेर जजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍तातोखबर, हेटौडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले मिति २०८०।०८।१८ गते रातको समयमा जिल्ला मकवानपुर हे.उ.म.न.पा.वडा नं. ९ स्थित सुर्य प्रसाद

तातोखबर, काठमाडौँ / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यमान मद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण, शोधनान्तर स्थिति र निजी

तातोखबर, काठमाडौं / नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट