कोशी प्रदेशलाई हराउँदै एपिएफको पोल्टामा पिएम कप: ज्योति पाण्डेको संन्यास

तातोखबर, काठमाडौँ : कोशी प्रदेशलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज (बुधवार) भएको फाइनलमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफले उपाधि हात पारेको हो ।
जितका लागि एपिएफले दिएको ११५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०३ रनमात्र बनाउन सक्यो र उपविजेतामै चित्त बुझाउनु पर्यो ।
कोशीका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ६२ रन तथा काजल श्रेष्ठले २२ रन बनाए पनि अन्य खेलाडी दोहोरो अंकमा रन बनाउन नसक्दा टोलीले उपाधि जित्न सकेन ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारत २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । एपिएफका लागि इन्दु बर्माले ५३ रन, ज्योती पाण्डेले २७ रन र रोमा थापाले १४ रन जोडे ।
उपाधि जितेसँगै नेपाली क्रिकेट टोलीकी ओपनर रहेकी एपिएफकी खेलाडी ज्योति पाण्डेले खेलबाट सन्न्यास लिएकी छन् । सन् २०१६ मा थाइल्यान्डमा भएको एसिसी वुमन्स एशिया कपमा पाकिस्तानविरुद्ध सिनियर टोलीबाट डेब्यू गरेकी ज्योतिले राष्ट्रिय र घरेलु दुवै क्रिकेट नखेल्ने घोषणा गरेकी हुन् ।
उपाधिसँगै विजेता एपिएफले नगद ५ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता कोशीले नगद ३ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक महिला क्रिकेटको राउन्ड रोबिन लिगका आधारमा प्रतियोगिता सञ्चालन गरेको हो । मूलपानी र कीर्तिपुरमा पुस ५ गतेदेखि शुरु भएको प्रतियोगितामा एपिएफ र ७ प्रदेश गरी ८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस