अस्ट्रेलियन स्टार क्रिकेटर डेभिड वार्नरले आफ्नो ‘ग्रिन क्याप’ हराए: फिर्ता गर्न आग्रह

david-warner-lost-his-green-cap-tatokhabar-cricket-tato-khabar

तातोखबर, काठमाडौँ: एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट भर्खरै मात्र सन्न्यासको घोषणा गरेका अस्ट्रेलियन स्टार क्रिकेटर डेभिड वार्नरले आफ्नो ‘क्याप’ हराएका छन् । उनले विमानमा यात्रा गर्नेक्रममा आफ्नो सामानसँगै ‘ग्रिन क्याप’ पनि हराएको बताएका छन् ।

नयाँ वर्षको पहिलो दिन सोमबार एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका वार्नर यतिबेला आफ्नो सक्रिज खेलजीवनको अन्तिम टेस्ट खेल्ने तयारीमा छन् । अस्ट्रेलिया र पाकिस्तानबिच बुधबार सिड्नीमा सुरु हुने तेस्रो टेस्ट नै वार्नरको खेलजीवनको अन्तिम टेस्ट हुनेछ ।

Advertisement:david-warner-lost-his-green-cap-tatokhabar-cricket-tato-khabar

‘प्रिय महानुभावहरु । यो मेरो अन्तिम उपाय हो । विमानमार्फत मेलबर्नबाट सिड्नी आउने क्रममा मैले आफ्नो सामानसँगै महत्वपूर्ण क्याप पनि हराएको छु । कृपया पाउनु हुने महानुभावले फिर्ता गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । मेरो सामान फिर्ता गर्नु भएका म आभारी हुनेछु,’ उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application