दक्षिण कोरियाली विपक्षी दलका नेतामाथि पत्रकारहरुसँग कुरा गरिरहेका बेला छुरा प्रहार

south-korean-leader-international-nepali-news-tatokhabar-tattatokhabar-hot-news-breaking-news-nepal

दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे म्युङमाथि पत्रकारहरुसँग कुरा गरिरहेका बेला छुरा प्रहार भएको छ ।  कोरियाली समाचार एजेन्सीका अनुसार आक्रमणकारीलाई बुसानस्थित घटनास्थलबाटै पक्राउ गरिएको छ ।

विपक्षी दलका नेता ली जे म्युङ दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणमा रहेको बेला आक्रमण भएको कोरियाली सञ्चारमाध्यमले जनाएका छन्। उनलाई घाँटीको देब्रे भागमा छुरा प्रहार गरेका हुन् ।

Advertisement:south-korean-leader-international-nepali-news-tatokhabar-tattatokhabar-hot-news-breaking-news-nepal

लीको अटोग्राफ माग्दै उनी नजिक पुगेका थिए। उनलाई अस्पताल पुर्याइएको छ । ५९ वर्षीय ली गत वर्ष राष्ट्रपतीय निर्वाचनमा कन्जरभेटिभ पार्टीका युन सुक येअ‍ोलसँग पराजित भएका थिए । राष्ट्रपति युनले आक्रमणको निन्दा गर्दै उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application