दक्षिण कोरियाली विपक्षी दलका नेतामाथि पत्रकारहरुसँग कुरा गरिरहेका बेला छुरा प्रहार
दक्षिण कोरियाली विपक्षी दलका नेता ली जे म्युङमाथि पत्रकारहरुसँग कुरा गरिरहेका बेला छुरा प्रहार भएको छ । कोरियाली समाचार एजेन्सीका अनुसार आक्रमणकारीलाई बुसानस्थित घटनास्थलबाटै पक्राउ गरिएको छ ।
विपक्षी दलका नेता ली जे म्युङ दक्षिणी बन्दरगाह सहर बुसानको भ्रमणमा रहेको बेला आक्रमण भएको कोरियाली सञ्चारमाध्यमले जनाएका छन्। उनलाई घाँटीको देब्रे भागमा छुरा प्रहार गरेका हुन् ।
लीको अटोग्राफ माग्दै उनी नजिक पुगेका थिए। उनलाई अस्पताल पुर्याइएको छ । ५९ वर्षीय ली गत वर्ष राष्ट्रपतीय निर्वाचनमा कन्जरभेटिभ पार्टीका युन सुक येअोलसँग पराजित भएका थिए । राष्ट्रपति युनले आक्रमणको निन्दा गर्दै उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

