इजरायललाई गैरकानूनी हत्या रोक्न संयुक्त राष्ट्र संघको आग्रह

gajapatti-attack

तातोखबर : संयुक्त राष्ट्र संघले इजरायललाई गैरकानूनी हत्या रोक्न आग्रह गरेको छ ।

वेस्ट बैंकमा इजरायलले गिरफ्तारी, हत्या तथा मानव अधिकार उल्लंघनको शिलशिला चलाएको राष्ट्र संघको आरोप छ । इजरायलले गाजासहित वेस्ट बैंक क्षेत्रमा पनि गम्भीर मानव अधिकार उल्लंघन गरेको आरोप लगाएको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार मामिलाका प्रमुख वोल्कर टर्कले इजरायलले सैन्य शक्तिको अनियन्त्रित प्रयोग गरेको बताए ।

Advertisement:gajapatti-attack

यसैबीच इजरायलले मध्य गाजामा स्थलगत आक्रमणलाई तीव्रता दिएको छ । यसअघि दक्षिण गाजाबाट स्थानीयहरुलाई हटाएर स्थलगत तथा हवाई आक्रमण गरी खण्डहर बनाएको इजरायलले मध्य गाजामा शरणार्थी शिविरमा प्रवेश गरी आक्रमण गरेको छ । जसका कारण शिविरमा रहेका झण्डै एक लाख ५० हजार मानिस जबरजस्ती विस्थापित भएका छन् ।

जारी आक्रमणमा गाजामा दैनिक जसो३ सयको हाराहारीमा मानिसको मृत्यु भइरहेको छ । ७ अक्टोबर यता गाजामा मृत्यु हुनेको संख्या साढे २१ हजार नागेको छ । जसमध्ये झण्डै १० हजार त बालबालिका मात्रै छन् ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application