खेलाडी छनोटमा कुनै दबाव र प्रभाव नराख्न आग्रह: अध्यक्ष (क्यान)

तातोखबर, बैतडी : नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडी छनोटमा कुनै दबाव र प्रभाव नराख्न आग्रह गरेका छन्। बैतडीमा आजदेखि शुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष चन्दले खेलाडी छनोटमा कसैले पनि दबाव र प्रभाव नराख्न आग्रह गरेका हुन्।
खेलाडीहरूले देशका लागि खेल्ने भएकाले उत्कृष्ट खेल र अनुशासनका आधारमा खेलाडी छनोट गरिने उनले बताए। ‘राम्रो प्रदर्शन गर्ने खेलाडी स्वतः छनोटमा पर्छन्, छनोटका लागि सबै तहमा क्यानले समिति बनाएको छ।’,उनले भने ।
खेलाडीको हकहितका लागि आफुले कुनै कसर बाँकी नराख्ने बताउँदै अध्यक्ष चन्दले क्रिकेटको विकासका लागि क्यानले काम गरिरहेको बताए ।
यसका साथै क्रिकेट पूर्वाधार निर्माणमा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, ‘क्रिकेटबाट नेपाललाई विश्वले चिनेको छ। देशमा पूर्वाधार अझै बन्न सकेका छैनन्, यसका लागि सरकारको ध्यान जरुरी छ।’
उक्त कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले बैतडी क्रिकेटको उर्वरभूमि रहेको बताउँदै यहाँबाट थुप्रै खेलाडीले राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिता खेलिसकेका पनि बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस