फेवातालमा फोटो खिच्नेसँग पैसा असुली गर्ने वडा सदस्य सहित चार जना जेल चलान

तातोखबर, कास्की: फेवाताल किनारमा फोटो खिच्नेसँग पैसा असुली गरेको आरोपमा पक्राउ परेका वडा सदस्य सहित चार जना जेल चलान भएका छन् ।
पोखरा महानगरपालिका ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित पोखरा लेकसाइडका ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार ठगी आरोपमा पक्राउ परेका थिए । उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाइएको प्रहरीले जनाएको छ ।
फेवातालको किनारमा फोटोग्राफी गर्दै आएकासँग विभिन्न किसिमबाट ठगी गरेको जाहेरीको आधारमा उनीहरु पक्राउ परेका थिए ।
चारैजनालाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्धामा अनुसन्धान गरिएको थियो । उनीहरुले फोटोग्राफीसँग प्रतिव्यक्ति साढे १३ हजार असुल गरेको अनुसन्धानले देखाएको छ । उनीहरुविरुद्ध १५ जनाले जाहेरी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस