इपीएसमा यसपटक अहिलेसम्मकै धेरै आवेदन

तातोखबर, काठमाडौँ : कोरियन भाषा परीक्षा (इपीएस) को लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ । आज शुक्रबार अहिलेसम्म एक लाख २५ हजारभन्दा धेरैले फारम भरेको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुखले बताएका छन् ।
पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएकामा आज शुक्रबार राति १२ बजेसम्म आवेदन दिन सकिने व्यवस्था छ । अनलाइन प्रणालीबाट फारम भर्ने सुविधा आएयताकै उच्च आवेदन परेको इपिएस शाखाले जनाएको छ । तीन वर्षयता अनलाइनमार्फत् इपिसको फारम भर्न सकिने सुविधा उपलब्ध भएकाले आवेदन बढ्दै गएको छ ।
वैदेशिक रोजगार विभागले तोकिएको अवधिसम्म आवेदन दिनेको संख्या दुई लाखसम्म बढ्ने अनुमान गरेको छ । गत साउनमा परीक्षामा अनुत्तीर्ण भएकाले समेत यस पटक परीक्षा दिन पाउने भएका छन्, यसो हुँदा आवेदन संख्या थप बढ्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस