नेपाल सुपर लिगको पहिलो खेलमा पोखरा थण्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा

तातोखबर, काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार दुई खेल हुँदैछ। दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुने पहिलो खेलमा पोखरा थण्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ।
शीर्ष स्थानको पोखरा सात खेलबाट १४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ। यो खेलमा जित निकालेमा ऊ सोझै फाइनल पुग्नेछ।
सात खेलबाट १२ अंक सहित धनगढी लिग तालिकाको दोस्रो स्थानमा छ । ऊ पोखरालाई हराउँदै शीर्ष स्थानमा उक्लिन चाहन्छ। धनगढी पोखरासँगै पहिलो क्वालिफायर पक्का गर्न दाउमा हुनेछ ।
दशरथ रंगशालामै हुने अपराह्न ५ बजे शुरु हुने दोस्रो खेलमा झापा एफसी र एफसी चितवन भिड्नेछन् ।
चौथो स्थानको झापा शुक्रबारको खेलमा जित निकाल्दै प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ । यो खेल जितेर उसलाई शीर्ष चारमा स्थान पक्का गर्ने अवसर छ ।
तालिकाको पुछारमा रहेको चितवन प्रतियोगिताको सुखद अन्त्य गर्ने प्रयासमा रहनेछ । उसको दाउ झापालाई प्लेअफ खेल्नबाट रोक्नु पनि हुनेछ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस