हेटौंडामा तीन दिने सडक खाना महोत्सव हुने

हेटौंडा – हेटौंडामा तीन दिने सडक खाना महोत्सव हुने भएको छ।होटल एशोसिएसन मकवानपुरको आयोजनामा हुप्रचौरको पुर्वी क्षेत्रको सडकमा पुस १३ गतेबाट तीनदिने सडक खाना महोत्सव हुन लागेको एशोसिएसनका कार्यबहाक अध्यक्ष एवम महोत्सवका कार्यक्रम संयोजक विष्णुगोपाल महर्जनले बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र स्टलबापतको रकमबाट महोत्सव सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ । पर्यटनको आन्तरिक टेवा पुग्ने हिसाबले र स्थानीय उत्पादनका खाना परिकारको साथै स्थानीय कलाकारहरुको प्रस्तुती महोत्सवमा रहने संयोजक महर्जनले बताए ।

Advertisement:

महोत्सवमा ४० वटा स्टल रहने र प्रतिस्टलको सात हजार पाँच सय पर्ने जनाइएको छ । तीन दिने खाना महोत्सवमा ११ लाख खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application