उत्तर कोरियाले ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गर्यो
तातोखबर: उत्तर कोरियाले ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ। उत्तर कोरियाली नेता किम जोङ उनका पिता तथा किम जोङ इलको निधन भएको मिति पारेर प्योङयाङले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो।
सियोल र वासिङ्टनले प्योङयाङलाई अमेरिका र दक्षिण कोरियामाथि कुनै पनि आणविक आक्रमण गरेमा उत्तर कोरियाली शासनको अन्त्य हुने चेतावनी दिइरहेका वेला यो प्रक्षेपण गरिएको हो।
दुई मित्र राष्ट्रले शुक्रबार वासिङ्टनमा आणविक परामर्श दाता समूहको दोस्रो बैठक आयोजना गरेका थिए, जहाँ उनीहरूले उत्तर कोरियासँगको द्वन्द्वको स्थितिमा आणविक प्रतिरोधका बारेमा छलफल गरेका थिए।
उत्तर कोरियाले गत वर्ष आफूलाई ‘अपरिवर्तनीय’ आणविक शक्ति घोषणा गरेको थियो। उसले आफ्नो आणविक कार्यक्रम कहिल्यै नछोड्ने बताउँदै आएको छ।
गत महिना प्योङयाङले सैन्य जासुसी उपग्रहलाई सफलतापूर्वक अन्तरिक्षमा स्थापना गरेको थियो । त्यसपछि उसले आकाशबाट आफ्नै प्रविधिले अमेरिका र दक्षिण कोरियाका प्रमुख सैन्य स्थलको तस्विर उपलब्ध गराइसकेको दाबी गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

