भारतीय क्रिकेट खेलाडीले अब जर्सी नम्बर ७ प्रयोग गर्न नपाउने

dhoni-jersey-retire

तातोखबर / भारतीय क्रिकेट खेलाडीले अब जर्सी नम्बर ७ प्रयोग गर्न नपाउने भएका छन् । बीसीसीआईले भारतीय क्रिकेट खेलाडीका लागि दुई वटा नम्बरका जर्सीलाई ‘रिटायर’ घोषणा गरेको छ । यसअघि नै बीसीसीआईले जर्सी नम्बर १० कसैले पनि प्रयोग गर्न नपाउने घोषित गरिसकेको थियो । हालै यो सूचीमा जर्सी नम्बर ७ पनि थपिएको हो ।

जर्सी नम्बर ७ भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको हो । उनले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । धोनीको योगदानलाई कदर गर्दै बीसीसीआईले उनको जर्सी नम्बर अब अन्य खेलाडीलाई नदिने घोषणा गरेको छ ।

Advertisement:dhoni-jersey-retire

भारतीय क्रिकेटमा डेब्यु गर्ने खेलाडीलाई उनीहरुको रोजाइका आधारमा जर्सी नम्बर उपलब्ध गराउने परम्परा छ । तर अब त्यस्ता खेलाडीलाई जर्सी नम्बर १० र जर्सी नम्बर ७ बाहेक उपलब्ध अन्य नम्बरमध्येबाट रोज्न लगाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application