दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो

तातोखबर, काठमाडौं : दक्षिण अफ्रिकाले दोस्रो टी–ट्वेन्टी आईमा भारतलाई ५ विकेटले पराजित गरेको छ । योसँगै तीन खेलको सिरिजमा घरेलु टोली दक्षिण अफ्रिकाले ले १–० को अग्रता लिएको छ।
सेन्ट जर्ज पार्कमा टस जितेर दक्षिण अफ्रिकाले फिल्डिङ गर्ने निर्णय गरेको थियो। भारतले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ८० रन बनायो।
सुरुवात खराब गरेको भारतले टिमको स्कोर ६ रन हुँदा आफ्नो दुवै ओपनर गुमाएको थियो । यसस्वी जैसवाल र शुभमन गिलले खाता खोल्न सकेनन्। तिलक बर्मा २९ रनमा मैदान बाहिरिए।
सूर्यकुमार यादव र रिंकु सिंहले अर्ध शतक प्रहार गर्दै इनिङस सम्हाले। कप्तान सूर्यकुमारले ५६ रनको योगदान गरे। रिंकु ३९ बलमा ६८ रन जोड्दै अविजित रहे। उनको टी–ट्वेन्टी आईको यो पहिलो अर्धशतक हो। रविन्द्र जडेजाले १९ रन जोडे। दक्षिण अफ्रिकाका जेराल्ड कोएट्जीले तीन विकेट लिए।
दोस्रो इनिङसमा वर्षा भएपछि दक्षिण अफ्रिकाले १५ ओभरमा १ सय ५४ रनको नयाँ लक्ष्य पाएको थियो। जुन उसले १३ ओभर ५ बलमा ५ विकेटको नोक्सानीमा पूरा गर्यो। रेजा हेन्डरिक्सले ४९, ऐइडन मारक्रमले ३० रन बनाए। मुकेश कुमारले दुई विकेट लिए। पहिलो खेल वर्षाका कारण टस नै नभइ रद्ध भएको थियो। तेस्रो खेल भोलि हुनेछ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस