साफ यू-२० : भारतसँग माल्दिभ्स पराजित‚ नेपालले सेमिफाइनलमा भुटानसँग खेल्ने

काठमाडौँ / अन्तिम समयमा सम्हालिन नसक्दा माल्दिभ्सले शुक्रवार भारतसँग १-० गोलले पराजित भएसँगै साफ यू–२० च्याम्पियनशिपमा सेमिफाइनल खेल्ने सबै चार टोलीको टुङ्गो लागेको छ। यो खेलपछि नेपालले सेमिफाइनलमा भुटानसँग प्रतिस्पर्धा गर्ने तय भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा समूह ‘बी’ को भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेको हो।
नेपालले समूह ‘बी’ को उपविजेता भुटानसँग खेल्ने भएको छ’। समूह ‘ए’ विजेता भारतले भने बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो सेमिफाइनलमा नेपालले यही भदौ ९ गते (अगस्ट २५) भुटानसँग खेल्नेछ। दोस्रो सेमिफाइनल यही भदौ १० गते (अगस्ट २६) भारत र बंगलादेशबीच हुनेछ।
सेमिफाइनलमा पुग्न जित्नैपर्ने खेलमा माल्दिभ्स भारतसँग पराजित भएको हो। भारतलाई भने बराबरीको नतिजा पनि पर्याप्त थियो। इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै भारतले माल्दिभ्समाथि १–० को नतिजासँगै समूह चरणको सबै खेल जितेको छ।
जितपछि भारत २ खेलबाट ६ अंक बटुल्दै समूह विजेता बनेको छ। २ खेलमा एक खेल जितेको भुटान ३ अंकसहित उपविजेता भयो भने माल्दिभ्स जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस