गाँजा सहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१५ चुरियामाईबाट ४५ किलो १२० ग्राम लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चालक देश भारत बिहार राज्य मोतिहारी जिल्ला पुर्वि चम्पारण पोष्ट बरियारपुर बस्ने २४ बर्षीय भुषन कुमार र सोही स्थान बस्ने २१ बर्षीय साजन सिंह रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा तर्फबाट वीरगञ्जतर्फ जादै गरेको डिएल ४३ एनबी ५९९४ नम्बरको भारतिय बोलेरो गाडीलाई चेकजाँच गर्दा उक्त परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बोलेरो गाडीको बिभिन्न भागमा फल्स बटम बनाएर लुकाई छिपाई उक्त गाँजा ल्याएका हुन् । उक्त लागुऔषध, गाडी सहित दुबै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस