यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित

तातोखबर, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग नेपाल पराजित भएको छ । नेपाल ७ विकेटले पराजित भएको छ ।
शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको थियो । नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले २६.२ ओभरमा नै लक्ष्य पूरा गरेको हो । पाकिस्तानका लागि अजान अस्विनले ५६ र सस्दा बेगले ५० रन बनाए ।
नेपालका लागि उत्तम रंगु थापा मगरले सर्वाधिक ५१ रन बनाए भने दिपेश कँडेलले ३१ रन बनाए । नेपालका माथिल्लो क्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
पाकिस्तानी टोलीका बलर मोहम्मद जिसन नेपालको ६ विकेट लिँदा नेपाली ब्याटिङ लाइन कमजोर बन्न पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस