त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ

तातोखबर, काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन् । बिहीबार राति फ्लाइ दुबईको एफजेड ५४३ को बिमानबाट काठमाडौं आएका चन्द्र घले र मीनबहादुर घले लाई प्रहरीले सुनसहित पक्राउ गरेको छ ।

कपडामा बेरेर छातीको दायाँबायाँ राखेर ल्याएको अवस्थामा उक्त सुन बरामद गरिएको विमानस्थल प्रहरीले जानकारी दिएको छ ।

Advertisement:

दुबईबाट अवैध रूपमा सुन आउँदै छ भन्ने सूचना पाएपछि विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले घलेलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवै जनालाई प्रहरी प्रभाग कोटेश्वर पठाइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application