नमस्ते पेले सेवाग्राहीका लागि सेवा सुविधा विस्तार गर्दै

तातोखबर, काठमाडौं / नमस्ते पेले आफ्नो सेवालाई चुस्त र अझ बढी सहज बनाउन थप सेवा सुविधा विकास गर्ने तयारी गरिरहेको छ । सामान्य लेखपढ गर्न सक्ने प्रयोगकर्ता र इन्टरनेट सेवा उपलब्ध नहुँदापनि कारोबार गर्न मिल्ने गरी नमस्ते पेले थप सेवा सुविधा लक्षित सेवाग्राहीहरुसम्म पुर्याउन शुरु गरेको हो ।
बैंकिङ्ग र डिजिटल प्रविधि राम्ररी प्रयोग गर्न नसक्ने व्यक्ति र बैंकिङ्ग पहुँचमा नपुगेका सेवाग्राहीलाई पनि वास्तविक वित्तीय समावेशीकरणका लागि आधुनिक सेवाहरु प्रदान गर्दै नगदरहित समाज निर्माण गर्न लागिरहेको नमस्ते पेको सूचना कक्षले पछिल्लो जानकारी दिएको छ । यो सेवा लिनका लागि नमस्ते पेले विभिन्न सञ्चार उपकरणहरु मार्फत सहजीकरण समेत गरिहेको जनाएको छ ।
आइबीएस इन्टेलिजेन्स ग्लोबल फिनटेक इनोभेसन अवार्ड २०२३ को चौथो संस्करण स्वरुप प्रदान गरिएको ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोईमेन्ट’ अवार्ड हात पार्न सफल नेपालको अनलाईन भुक्तानी सेवा प्रदायक नमस्ते पेले ग्राहकलाई ‘रिक्वइस्ट मनी’ सुविधा मार्फत “पीटुपी” उधारो सेवा समेत उपलब्ध गराउँदै आएको जनाईको छ ।
नमस्ते पे मार्फत सेवाग्राहीहरुले युटिलिटी बिलहरु भुक्तानी गर्न, ट्राभल टिकट खरिद गर्न, पैसा ट्रान्सफर गर्न र सहज, दक्ष र अन्य धेरै आर्थिक कारोबारहरु गर्न सक्छन् भने समूहको बिल भुक्तानी सजिलो बनाउन ‘स्प्लिट बिल’ जस्ता सुविधा दिदै आएको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्धारा संयुक्त रुपमा डिजिटल वालेट नमस्ते पे सञ्चालनमा ल्याएको हो ।
इन्टरनेट सेवा अवरुद्ध भएको अवस्थामा समेत भुक्तानी गर्न सक्ने गरी अफलाईन भुक्तानी प्रणाली समेत प्रयोगमा ल्याईएको छ । जसका लागि नमस्ते मोबाईल फोन प्रयोगकर्ताहरुले *५००# डायल गरी सेवा लिदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस