मौसम बदली र हिमपातले जाडो बढाउदैै

काठमाडौं, १८ मंसिर / देशका हिमाली भेगमा हिमपात र पहाडी क्षेत्रमा छिट्पुट हुने वर्षाले यस वर्षको जाडो बढाउन शुरु गरेको छ । देशका सबै जसो प्रदेशहरुमा आंशिक बदलीको सम्भावनाको रहेसँगै जाडो बढ्ने सङ्केत देखा परेको हो ।

मौसमसम्बन्धी पछिल्लो अवस्थाको विषयमा जानकारी दिन मौसम विज्ञानको पूर्व अनुमानअनुसार उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले जाडो बढ्दै गएको छ । अहिले बिहान मधेशप्रदेशबाहेक सबै प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमा उल्लेख गरिएको छ ।

Advertisement:

लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको भइरहेको पनि महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ भने सोमबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाद्वरा जारी सूचनामा जनाईएको छ ।

बताईएअनुसार लुम्बिनी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने र गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी लगायत कर्णाली प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application