तीन प्रदेशमा आज हिमपात, भोलि पहाडी भेगमा वर्षा

Snowfall-in-Nepal

तातोखबर, काठमाडौं / पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण  बिहान कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।

Advertisement:Snowfall-in-Nepal

देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। विभागले राति देशको पहाडी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मंगलबार देशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application