एक महिलाको शंकास्पद मृत्यु

जनकपुरधाम – धनुषाको सबैला गाउँपालिका–२ मा एक महिलाको शंकास्पद मृत्यु भएको छ । स्थानीय २५ वर्षीया पूजा शाहको शंकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, स्थानीय गंगाराम शहकी श्रीमती रहेकी उनको घाँटीमा चोट लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरतर्फ लगिएको थियो । तर, उनको बाटोमा नै मृत्यु भएको हो ।

Advertisement:

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाको बारेमा आवशयक अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application