उकालो लाग्दै सुनको मूल्य, अझै बढ्ने अनुमान

तातोखबर, काठमाडौं : नेपाली बजारमा सुनको मूल्य फेरि बढेर प्रतितोला एक लाख २० हजार ८०० पुगेको छ। आइतबार छापावाल सुन यसै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १५४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। पछिल्लो समय सुनको मूल्यमा निरन्तर जस्तो वृद्धि भइरहेको छ। आर्थिक मन्दीको प्रभावले सुनको मुल्य अझै बढ्न सक्ने अनुमान गर्न सकिन्छ । मानिसहरुले सुनमा लगानी बढाएकाले सुनको मुल्य अझै बढ्न सक्ने विश्लेषकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस