कीर्तिमान राखेको सुनको मूल्य घट्यो

काठमाडौं / सोमबार कीर्तिमान रेकर्ड राखेको सुनको मूल्य आज तोलामा रु. दुई हजार तीन सयले घटेको छ।
सोमबार प्रतितोला रु. एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु. एक लाख ४७ हजार सात सय निर्धारण भएको छ।
तेजाबी सुन प्रतितोला रु. एक लाख ४७ हजार कायम भएको छ। सोमबार तेजाबी सुन प्रतितोला रु. एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि तोलामा रु. ६० ले घटेको छ। सोमबार चाँदी प्रतितोला रु. एक हजार सात सय ८५ मा कारोबार भएकामा आजका लागि रु. एक हजार सात सय २५ निर्धारण भएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस