बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आह्वान गरे सर्वदलीय बैठक

मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । आगामी मंसिर १७ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरुसँगको छलफल पछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समितिको विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले बताए । प्रदेश सभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउन सर्वदलीय बैठक आह्वान गर्नुपरेको बताए ।
बुधबार मन्त्रीहरुसँगको बैठकमा नीति तथा कार्यक्रम कार्यान्वयको समस्या, कर्मचारीहरुको सहयोग, कार्यक्रम कार्यान्वयनको प्रगतिको अवस्था लगायतका विषयमा छलफल गरिएको छ । बैठकमा हरेक महिना मन्त्रीहरुले मुख्यमन्त्रीसँग कार्य प्रगतिका विषयमा ब्रिफिङ तथा रिपोर्टिङ गर्ने गरी बैठक बस्ने निर्णय गरिएको मुख्यमन्त्री जम्कट्टेलले बताए ।
त्यस्तै बैठकमा गत आर्थिक वर्षमा भुक्तानी हुन नसकेका निर्माण व्यवसायीहरुको रकमका विषयमा पनि छलफल भएको मुख्यमन्त्रीले बताए । प्रदेश सरकारको कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल गरिएका हौ,: मुख्यमन्त्री जम्कट्टेलले भए।
प्रदेशमा आएका सचिव तथा कर्मचारीहरु छोटो समयमा सरुवा लिएर हिड्ने प्रवृत्ति बढेकाले उक्त समस्याका विषयमा पनि मुख्मयन्त्री जम्कट्टेलले मन्त्रीहरुसँग छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस