हेटौँडामा एसिया ओपन बुद्धिचाल आजदेखि सुरु हुँदै

हेटौँडा – बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता हुने भएको छ । मङ्सिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका गरी १२० खेलाडीको सहभागिता रहनेछ । स्विस लिग प्रणालीका आधारमा खेलाइने प्रतियोगिताका खेलहरू नवौँ राउन्डसम्म हुनेछ । सहभागी खेलाडीले १० हजार रुपियाँ दर्ता शुल्क तिर्नुपर्ने र खेलाडीलाई खान र बस्ने सुविधा आयोजकले व्यहोर्ने नेपाल बुद्धिचाल महासङ्घका केन्द्रीय महासचिव धरम लामाले जानकारी दिए ।
प्रतियोगिताको विजेताले एक लाख २५ हजार रुपियाँ पुरस्कार पाउनेछ । यस्तै दोस्रो स्थानमा रहने खेलाडीले ७५ हजार र तेस्रोले ४० हजार रुपियाँ हात पार्नेछ ।
यस्तै चौथोलाई २५ हजार, पाँचौँलाई २० हजार र छैटौँ देखि १०औँ स्थानमा रहने खेलाडीलाई जनही १५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । ११औँ देखि १५औँ स्थानमा अटाउने खेलाडीलाई पनि जनही ११ हजार रुपियाँ प्रदान गरिने बताइएको छ ।
यस्तै प्रतियोगितामा उत्कृष्ट महिला, उत्कृष्ट भेट्रान्स, उत्कृष्ट जुनियर, उत्कृष्ट स्थानीय खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने महासचिव लामाले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब ६१ लाख १२ हजार रुपियाँ खर्च हुने आयोजक मकवानपुर जिल्ला बुद्धिचाल सङ्घका अध्यक्ष श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस