मकवानपुरमा पेस्तोल र गोली बरामद

हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिकाबाट प्रहरीले कटुवा पेस्तोल र गोली बरामद गरेको छ। प्रहरीले राक्सिराङको वडा नम्बर १ दुंगुखोलाबाट दुईवटा गोलीसहित एक थान कटुवा पेस्तोल बरामद गरेको हो।
एक जना व्यक्तिले स्थानीयको पसलअगाडि कटुवा पेस्तोल देखाउँदै हिँडेको भन्ने खबर स्थानीयले दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी आउने चाल पाएपछि उक्त व्यक्ति पेस्तोलसहितको गोली छोडेर फरार भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पेस्तोल र गोली बरामद गरेको हो। प्रहरीले फरार व्यक्तिको खोजीकार्य जारी राखेको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस