पूर्व डीआईजी छविलाल जोशीको घरमा छापा: सूर्यदर्शन सहकारीको सर्भर बरामद



chhabilal-joshi-dig-nepal-police-tatokhabar-tato-khabar

तातोखबर, काठमाडौं / सूर्यदर्शन सहकारीको घोटाला प्रकरणमा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीको घरमा छापा मारेको छ।

बुधवार साँझ शंखमुलस्थित जोशीको घरमा प्रहरीको टोलीले सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रमाण संकलन गर्न छापा मारेको हो । त्यस घरमा नेचर हब इन्टर नेसनल प्रालीको अफिस  रहेको थियो।

फरार रहेका ग्यालेक्सी टेलिभिजन तथा सूर्यदर्शन सहकारीका सञ्चालक गितेन्द्रबाबु राईका व्यावसायिक साझेदार जोशी रहेका छन्।

जोशीको उक्त घरबाट सूर्यदर्शन सहकारीको सर्भर बरामद भएको प्रहरीले जनाएको छ। यता पूर्व डीआईजी जोशीले बुधवार राती नै सामाजिक सञ्जालमार्फत उक्त घर आफ्नो निजी नभएको र व्यावसायिक सम्पत्ति रहेको दाबी गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको