लागूऔषधसहित विभिन्न जिल्लाबाट तीन जना पक्राउ
काठमाडौं । प्रहरीले लागूऔषधसहित विभिन्न जिल्लाबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कञ्चनपुर र कास्की जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनाई पक्राउ गरेको हो ।
प्रहरीले कञ्चनपुरबाट अवैधलागूऔषध अफिम ४ सय ८७ ग्राम १ सय २० मिलिग्रामसहित शुक्रबार दिउँसो दुई जनालाई पक्राउ गरेको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–९ धनसिंगा बस्ने ४० वर्षीया लक्ष्मी जैशी र भरात लख्खिमपुर खिरी विसैनपुरी उत्तर प्रदेश भारत बस्ने ४९ वर्षीय महंगा सिह रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी खड्डा कंकडबाट खटिएको प्रहरीले लक्ष्मी जैशीको घरबाट उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
उता कास्कीको पोखरा महानगरपालिका–१४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध लागूऔषध गाँजा ३५ ग्राम र गाँजाको तयारी धुलो (पोल्यान) १० ग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नर्वेका नागरिक ५३ वर्षीय रुन फ्लाथा रहेका छन् । उनलाई शुक्रबार बिहान पक्राउ गरिएको हो ।
उनलाई लागूऔषध नियन्त्रण ब्युरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखराबाट पक्राउ गरेको हो । काठमाडौं जान लागेका उनलाई विमानस्थलको प्रस्थान कक्षमा जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरिएको हो ।
उनी उपर लागूऔषध गाँजा शीर्षक मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

