गाईको मासुसहित तीन जना पक्राउ



बनेपा – गाईको मासुसहित काभ्रे पलाञ्चोकको पाँचखाल नगरपालिका–१ बाट तीन जना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–१, घुमाउने चौरमा गाई काटिरहेको सूचनाको आधारमा प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरी टोलीले गाईको मासुसहित सोमबार तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–१ का ३४ वर्षीय मीनबहादुर तामाङ, सोही स्थानका ३० वर्षीय सन्तबहादुर तामाङ र सिन्धुली घ्याङ्लेक गाउँपालिका–२ का २७ वर्षीय अर्जुन लामा थिङ रहे का छन् । पक्राउ परेका व्यक्तिबाट अन्दाजी ८५ किलो ग्राम गाईको मासु बरामद गरेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं, १३ फागुन/ निर्वाचन आयोगले संघीय संसद र प्रदेश सभाको रिक्त रहेका एक एक पदका लागि उपनिर्वाचनको मिति तोकेको छ

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध छैटौँ विकेट गुमाएको छ। भीम सार्की ८ बल खेल्दै शून्यमा आउट

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक आज बसिरहेको छ। बिहान ११ बजे सुरु भएको आजको बैठकमा एउटामात्रै व्यवस्थापकीय कार्यको