लागूऔषध नियन्त्रणमा प्रभावकारी काम गर्छुः डिआइजी कार्की

तातोखबर, हेटौंडा / बागमती प्रदेशमा केही समयअघि मात्रै सरुवा भई आएका प्रहरी नायब महानिरीक्षक (डिआईजी) विष्णुकुमार कार्कीले लागूऔषधलाई नियन्त्रणका लागि प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार प्रदेश प्रहरी कार्यालय हेटौंडामा पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बागमती प्रदेशमा लागूऔषध नियन्त्रणमा विशेष अभियान सञ्चालन गरिने बताउँदै सोही क्रममा अफिम खेती फडानी गर्ने कामलाई ४ दिनदेखि तिव्रता दिइएको बताए ।

अवैध रुपमा उत्खनन हुने नदीजन्य पदार्थमा प्रहरीले कटिवद्ध भएर नियन्त्रण गर्नेसमेत बताए । ट्राफिक प्रहरीले गर्ने व्यवहार बारे गुनासो रहेको बताउँदै उनले नेपाल प्रहरीको व्यवहारमा सुधार ल्याउन पहल गर्ने पनि बताए । प्रदेशभित्रको शान्ति सुरक्षा कायम राख्ने दायित्व प्रहरीको भएको तर प्रहरी मात्र पनि जिम्मेवार नभएको उनको भनाइ थियो । उपस्थित संचारकर्मीहरुले लागूऔषधमा भएको समस्या, ट्राफिक व्यवस्थापन, अपराध न्यूनीकरण, अवैध नदीजन्य पदार्थ उत्खनन, सूचना ढिलासुस्तीलगायतका विषयमा प्रश्न गरेका थिए ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application