टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतबाट आएन अन्तरिम आदेश
काठमाडौं, ५ मंसिर/ इन्टरनेट सामाजिक सञ्जाल टिकटक प्रतिबन्द विरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमा अन्तरिम आदेश नहुने भनिएको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासबाट नेपालमा लगाईएको टिकटक प्रतिबन्द विरुद्ध परेका रिटहरुमा अन्तरिम आदेश नहुने भनिएको हो ।
टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्ध परेका १० वटै रिटमा अन्तरिम आदेश जारी नहुने भनेको सर्वोच्चको वेबसाइटमा उल्लेख गरिएको छ । इजलासले उक्त मुद्दाको पूर्ण सुनुवाइका लागि मंसिर १९ गतेलाई पेशी तोक्न पनि आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिएका छन् । सर्वोच्च अदालतले ती रिटहरुमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको छ ।
सामाजिक सदभाव विथोलिदै गएको भन्दै गत कात्तिक २७ गते मन्त्रिपरिषद बैठकद्वारा नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरिएकोमा सरकारको उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा १० वटा रिटहरु परेका थिए ।
सरकारको यो निर्णय बदरको माग गर्दै अधिवक्ता दिनेश त्रिपाठी, त्रिलोकबहादुर चन्द, प्रेमराज सिलवाल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल ‘स्वागत’, अञ्जन धिताल, रामकृष्ण बञ्जारा, यज्ञमणि न्यौपाने, फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दिएका थिए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा
-
२.
कर्मचारीलाई खाजा समय ३० मिनेट
-
३.
खोलाको मापदण्डबारे सर्वोच्चको फैसलाविरूद्ध राजनीतिक दलहरू आन्दोलित
-
४.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
५.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण