बन्द कोठाभित्र दाजुभाइ मृत भेटिए

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–६ मा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका १६ डोक्रेना घर भएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र ३० वर्षीय टेकबहादुर बस्नेत सोमबार मृत फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनीहरु दाजुभाई हुन् ।पूर्ण परिवारका साइँला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकमध्ये कान्छा भाइ टेकबहादुरकी श्रीमतीले आँफू रुकुम पश्चिमस्थित माइती गएको हुँदा त्यहाँबाट नफर्किदासम्म ढोका नखोल्न आग्रह गरेको हुँदा प्रहरीले बाहिरबाटै सुरक्षा दिएको छ ।
उनीहरु तुलसीपुर उपमहानगरपालिका ६ मा कोठा भाडामा बस्दै आएका थिए । उनीहरू बस्ने घरमा घरबेटी बस्दैनथे । मङ्गलवार मात्रै शव निकालेर पोस्टमार्टम गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस