राजतन्त्र फाल्नमा भारतीय खुफिया एजेन्सी रॉ को भुमिका – प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारतको भुमिका

तातोखबर / नेपालमा आजको दिनमा राजसंस्थाको पुन:स्थापनाका लागि माग बढेको छ । प्रदर्शन हुने ठाउँमा सरिक व्यक्तिहरूको हातमा ताज छ र उनिहरूले अन्तिम राजा ज्ञानेन्द्रको चित्रसहितको टी–शर्टमा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ नारा लेखिएका छन्। २०६५ जेठ १५ मा देशबाट राजतन्त्रलाई आधिकारिक रूपमा समाप्त पारिएको थियो, त्यसपछि राजा ज्ञानेन्द्रले शान्तिपूर्ण तथा अपरिचित जीवन बिताएका थिए। अहिले, फेरि राजतन्त्र ल्याउनका लागि आन्दोलनका कार्यक्रम घोषणा भएसँगै फेरि उनि चर्चामा छन् ।

Advertisement:

नेपालबाट राजा हटाउनमा भारतले महत्त्वपूर्ण भूमिका खेलेको छ भन्ने विश्वस्त हुने धेरै कारणहरु छन् । तत्कालीन राजतन्त्र समाप्त पार्न र चीनको प्रवेश रोक्नका लागि भारतका माध्यमबाट भारतको खुफिया एजेन्सी रॉ ले काम गरेको थियो । उक्त घटना बि.सं. २०४५ को समयमा भएको हो । तात्कालिन समयमा, नेपाली समाजका राजनीतिक दलहरुले जनतालाई लोकतन्त्रको पाठ पढाउन सुरु गरिसकेका थिए । जनताहरु लोकतान्त्रिक मुलुकको कल्पना गर्न थालेका थिए ।

विदेशि समाजको लोकतन्त्रको पाठ पढाउने दलका कार्यकर्ताले जुन स्तरमा पुगेर भएपनि नेपालको राजसंस्थाको बिरोध गर्न उनिहरुको अठोट रहेको थियो जसका लागि जेल बस्न पनि कार्यकर्ताहरु तयार थिए । लोकतन्त्रको जनमत बटुल्नु उनिहरुको प्रमुख लक्ष थियो । नेपालि सोझा जनता माझ विदेशी लोकतन्त्र फैल्याएर मिलेर बसेको समाजलाई विभिन्न भागमा बाँडि राजनीति सुरु गराउन छिमेकी मुलुकहरु सफल भए । नेपालमा राजनीति यति धेरै फैलियो कि त्यो राजनीतिले कलकारखानाका मजदुर हरु, स्कुलहरु , शिक्षकहरु, श्रमिकहरु, धनि गरिब, सामाजिक संस्थाहरु सबैलाई बाँडेर नेपालमा विदेशी राजनिति स्थापित गर्न खोजियो ।

नेपालमा राजनीति फस्टाएको देखेर तात्कालिन भारतीय काँग्रेस हौसिएको थियो । लोकतान्त्रिक मुलुकको रूपमा रहेको छिमेकि राष्ट्र भारतले पनि चाहेको थियो कि नेपालमा पनि लोकतान्त्रिक प्रणाली आउँछ । त्यस समयमा भारतले कुनै पनि सार्वजनिक मंचमा सीधा रुपमा त्यसको संकेत दिएको थिएन तर बिभिन्न संकेतहरूले बताइरहेको थियो कि नेपालमा राजतन्त्रको समाप्ति हुनुपर्छ । तात्कालीन राजीव गांधी सरकारले त्यो समयको जनआन्दोलनलाई प्रत्यक्ष रुपमा समर्थन गरेको थियो ।

राजतन्त्रको समाप्ति सुनेर नेपालको राजपरिवार चिन्तित भएको, राजपरिवारले चीनबाट सहायता मागेको कुरा भारतले गोपनीय तरिकाबाट थाहा पायो । नेपालमा चीनको प्रवेशले भारतको लागि सुरक्षा लगाएतका धेरै क्षेत्रमा खतरा पैदा हुने भएकाले भारतले नेपालको राजपरिवारमा दबाव बनाउनका लागि विभिन्न कूटनीतिक तरिकामा काम गरिरहेको थियो । उदाहरणका लागि, नेपालमा भारतद्वारा नेपालाई दिने खाद्य पदार्थको सप्लाईलाई घटाएको थियो । यो सब कुरा गोप्य तरिकाले भएको थियो ताकि राजपरिवारलाई संकेत पनि नहोस् र दुई देशका बीचको सम्बन्धमा पनि कुनै कमी नहोस् ।

भारतको उक्त तरिकाले पनि कुनै कुरा बनेन । नेपालमा चीनको प्रभाव थप बढ्दै गएको थियो । अब परिस्थिति भारतका लागि धेरै गम्भीर भएको थियो । त्यो समयमा भारतीय खुफिया एजेन्सी रॉ ले आफ्नो काम सुरु गरिसकेको थियो । त्यस समयमा रॉ का तत्कालीन प्रमुखले उक्त मिसनका लागि आफ्नो उत्कृष्ट कर्मचारि छाने, जीवनाथन नामको उक्त रॉ एजेन्टले जुन काम गरेको थियो उक्त काम भारतको डिप्लोमेटिक मंचले गर्न सकेको थिएन ।

राजतन्त्रको समाप्ति र लोकतन्त्रको पुनर्स्थापनाका लागि रॉ एजेन्टले नेपालका तात्कालीन माओवादी नेता पुष्पकमल दहालको मद्दत गरेको थियो । त्यसपछि उनि गणतान्त्रिक नेपालको प्रधानमन्त्री बनेका थिए ।
चीनको योजना असफल बनाउन रॉ.को प्रयास सफल भएको थियो । नेपालले २०६५ जेठ १५ मा नेपालमा राजतन्त्रको अन्त्य भै लोकतान्त्रिक देश घोषणा गरेको थियो। रॉ को सहयोगमा भारतले नेपालमा प्रचण्डलाई लोकतान्त्रिक पहिलो प्रधानमन्त्री बनाएको थियो । यी सब विवरणहरू ंरॉ को अधिकृत निर्देशक अमर भूषणको पुस्तक “इन्साइड नेपाल“ मा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application