NTC App - Ad

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

Pakrau

काठमाडौँ – आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुधवार मङ्गलसेन नगरपालिका ३ लाक्षीमना निवासी शेरबहादुर भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

मृतक ४० वर्षीया उर्मिलाको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको भेटिएपछि थप अनुसन्धानका लागि श्रीमानलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

Advertisement:Pakrau
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :