काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या

काठमाडौं / काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ।  गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको प्रहरीले जनाएको छ ।

धिमालको हत्यामा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरे जानकारी दिए । उनको हत्याको कारण भने खुलेको छैन ।

Advertisement:

धिमाललाई गएराति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application