साउथ अफ्रिका लाई भाग्यले साथ दिए मात्र फाइनलमा पुग्ने सम्भावना
३० कात्तिक, तातोखबर । दक्षिण अफ्रिकाले विश्वकप क्रिकेट २०२३ को दोस्रो सेमिफाइनलमा आज अस्ट्रेलियाको सामना गर्दैछ । विश्वकपको नकआउट चरणमा दक्षिण अफ्रिकाले धेरै खेल भाग्यबस हरेको छ ।
दक्षिण अफ्रिका वान डे क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगितामा सेमिफाइनल पुगेको यो पहिलोपल्ट भने होइन । यसअघि सन् १९९२, १९९९, २००७ र २०१५ मा सेमिफाइनल खेल खेलेको थियो ।
प्रत्येकपल्ट दक्षिण अफ्रिका सेमिफाइनलमा पुगे पनि यात्रा त्यहि टुंगिने गरेको छ । त्यसमध्ये पनि दुई हार त अस्ट्रेलियाविरुद्ध रहेको छ । सन् १९९९ मा दक्षिण अफ्रिका एजबास्टनमा भएको सेमिफाइनलमा अस्ट्रेलियासँगको नाटकीय खेलमा रोकिएको थियो । त्यो खेल खासमा ‘टाई’ मा टुंगेको थियो । अस्ट्रेलिया समूह चरणमा राम्रो खेलेको आधारमा फाइनल पुगेको थियो ।
त्यसको आठ वर्षपछि सेन्ट लुसियामा भएको सेमिफाइनलमा दक्षिण अफ्रिका सजिलै सात विकेटले पराजित भएको थियो । उक्त खेलमा दक्षिण अफ्रिका अस्ट्रेलियासामु १४९ रनमै धरासायी भएको थियो । आज साउथ अफ्रिका लाई भाग्यले साथ दिए मात्र फाइनल मा पुग्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस

