शेयर बजारमा बुधबार झिनो अंकको सुधार
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा सुधार आएको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर १८६३.९४ विन्दुमा कायम भएको हो ।
यस्तै, आज नेप्सेमा सूचीकृत २८८ कम्पनीहरुको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर किनबेच भएको छ भने ७८ करोड २७ लाख ४३ हजार बराबरको कारोबार भएको छ ।
यसअघि मंगलबार नेप्से ११.२२ अंकले बढेर १८५८.७६ विन्दुमा पुगेर रोकिएको थियो भने नेप्सेमा सूचीकृत २८५ कम्पनीहरुको ४३ लाख ३१ हजार २२९ कित्ता शेयर किनबेच हुँदा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेप्से सामान्य अंकले बढ्दा ८ उपसूचकहरुमा हरियाली छाएको छ भने ४ उपसूचकहरुमा रातो पोतिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस