यस बर्ष विपद्का घटनाहरूमा उल्लेख्य वृद्धि हुने विज्ञहरूको दाबी

natural-disaster-problem-increase

काठमाडौं / नेपालले विगत ८ वर्षमा विपद्जन्य हानी तथा नोक्शानीका कारण करिव साढे १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी भोगेको विज्ञहरूले बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा विज्ञहरूले आउने दिनमा जलवायुजन्य विपद्का घटनाहरूमा उल्लेख्य वृद्धि हुने बताए । बाढी, पहिरो, समुद्री आँधी लगायतका घटनाहरू बढी भन्दा बढी वृद्धि हुने उनीहरूले बताए ।

Advertisement:natural-disaster-problem-increase

कार्यक्रममा बोल्दै जलवायु विज्ञ एवं प्रकृति रिसोर्स सेन्टरका निर्देशक प्रविनमान सिंहले आगामी दिनमा बाढी, पहिरो लगायतका घटनाहरूमा वृद्धि हुने बताए । उनले विपद्जन्य घटनाले मानवीय र प्राकृतिक प्रणालीमा ठूलो असर पुग्ने बताए । उनले जलवायुजन्य विपद्का कारण मानवीय र आर्थिक क्षतिका साथै सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि बढी असर परेको बताए ।​

निर्देशक सिंहले मेलम्चीको बाढीका कारण प्राकृतिक श्रोत, इकोसिस्टम, आर्थिक, सामाजिक, सांस्कृतिक असरहरू बढी भएको उल्लेख गरे । उनले बाढीका कारण प्राकृतिक सौन्दर्यतामा पनि असर परेको बताए । उनले बाढीका कारण बसाईंसराइका समस्या समेत बढेको बताए । बाढीले घरायसी काममा महिलाहरूको बोझ झनै थपिएको बताए ।

प्रतिक्रिया दिनुहोस् :

itlization-information-technology-seo-mobile-application