NTC App - Ad

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौँ, १७ कात्तिक / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिएका छन् ।

उनले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारकोतर्फबाट उच्च सम्मान व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहाले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनाका साथै सरकार सधैँ क्रिकेट खेलाडीको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Advertisement:
Daju Bhai Sweets - Hetauda

प्रतिक्रिया दिनुहोस् :