हेटौंडा चिकित्सक कुटपिट प्रकरण : थप एक जना पक्राउ

मकवानपुर – चिकित्सक कुटपिट प्रकरणमा मकवानपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ सिक्रेनी बस्ने ३६ वर्षीय सुबास स्याङतान रहेका छन् ।
उनलाई बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित बसपार्क पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
डेंगू संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितको केहि युवाको समूहले गत भदौ २७ गते हेटौंडा–१ स्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए ।
स्याङतानसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । यसअघि मृतक राजेशका श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान, भतिज अमित प्रधान, हेटौंडा–१२ सिक्रेनी बस्ने ४० वर्षीय सुनिल पाख्रिन र ३६ वर्षीय जीवन लामालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्मानित मकवानपुर जिल्ला अदालतमा बुझाईएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस