हेटौंडामा मनाए जितिया पावैन
मकवानपुर – थारु महिलाहरुको महान पर्व जितिया पावौनको शुभकामना आदन प्रदान गरी हेटौंडामा मनाईएको छ । थारु महिला सभा मकवानपुरले थारु कल्याणकारिणी सभा मकवानपुरसँगको समन्वयमा जितिया पर्व मनाएको हो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्य तथा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका उपाध्यक्ष लिलाकुमार घलान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का संघीय प्रतिनिधी एवं मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक सुरेश श्रेष्ठको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा बोल्दै मेयर लामाले भाषा, संस्कृतिको संरक्षणमा आदिवासी जनजाति महिलाको महत्त्वपूर्ण रहेको भन्दै स्थानीय सरकार (हेटौंडा उपमहानगरपालिका) स्थानीय (हेटौंडेली) समुदायको संस्कार, संस्कृतीको संरक्षणमा गम्भीर रहेको भन्दै सहयोगको प्रतिवद्धता जनाउँनुभयो । कार्यक्रममा आदिवासी जनजाति महासंघका जिल्ला उपाध्यक्ष घलानले जितिया पर्व थारु महिलाको स्वास्थ्य र पारिवारिक दृष्टीले राम्रो भएको भन्दै थारुसहित आदिवासी, जनजातिको संस्कार, संस्कृति जगेर्ना गर्न स्थानीयसँगै प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
फोनिजका संघीय प्रतिनिधी श्रेष्ठले चार्डपर्वहरुलाई मौलिक रुपमा मनाउँदै नयाँ पुस्ताहरुलाई हस्तान्तरण गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम थारु महिला सभा मकवानपुरकी सभापति दौपतीदेवी चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा परम्परागत थारु भेषभुषामा सजिएर महिलाहरुले गित, नृत्य सहित आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा थारु कल्याणकारिणी सभा मकवानपुरका निवर्तमान सभापति हरिलाल चौधरी, कोषाध्यक्ष उमा चौधरी, थारु विद्यार्थी सभाका केन्द्रीय सदस्य दिप्सन चौधरी लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ, थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति सचिदानन्द चौधरी, जिल्ला सल्लाहकार किशोरकुमार चौधरी, थारु विद्यार्थी सभा मकवानपुरका सभापती राजेशप्रसाद चौधरी लगायतको आतिथ्य रहेको थियो ।
जितिया पर्वको पहिलो दिन हेटौंडाको राप्ती खोलामा सामुहिक नुहाएका थारु महिलाहरुले दोस्रो दिन जित महान भगवानको निराहार/निर्जल व्रत बसेर जित महान भगवानको कथा सुनेका थिए । साथै, तेस्रो दिन विधिपूर्वक सामुहिक पुजा गरेर पारन गरेको थारु कल्याणकारिणी सभा मकवानपुरका सचिव चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।
विशेषगरी थारु समुदायका विवाहित महिलाहरु आफ्नो सन्तान(छोराछोरी)को दीर्घायुको लागि व्रत बस्ने गर्दछन् । हेटौंडामा थारु समुदायको महान् पर्व माघी पर्व, समा चकेवा, जितिया सामुहिक रुपमा मनाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
खोलाको मापदण्डबारे सर्वोच्चको फैसलाविरूद्ध राजनीतिक दलहरू आन्दोलित
-
२.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
३.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
४.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
५.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार