आज नागको चित्र टाँसेर नाग पञ्चमी पर्व मनाइदै
काठमाडौँ / आज श्रावण शुक्ल पक्षको पञ्चमीका अवसरमा हिन्दु धर्मालम्बीहरुले घर घरमा नागको चित्र टाँसेर नाग पञ्चमी पर्व मनाउँदै छन्। नागको चित्र लाई गाईको गोबर र दुबो राखि टाँसेर नाग देवताको पुजा गर्ने चलन छ।
१२ नागका नाम
अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला नाग पर्दछन् ।