तेजाब प्रयोगका लागि अनुमति लिनुपर्ने

काठमाडौ – अब अनुमति लिएर मात्रै तेजाब तथा घातक रसायनिक पदार्थ प्रयोग गर्न पाइने भएको छ । यस्ता पदार्थ उत्पादन र बिक्री गर्न मात्र नभएर प्रयोगकर्ताले पनि अनुमति लिनुपर्ने सरकारले नियम बनाएको हो ।
यसका लागि सरकारले हिजो तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन २०७९ जारी गरेको छ । नियमावलीमा मासिक एक लिटर वा एक किलोभन्दा बढी घातक पदार्थ प्रयोग गर्नेले अनुमित लिनुपर्ने उल्लेख छ ।
नेपालमा खुला रूपमा घातक खालको तेजाब पदार्थको ओसारपसार र प्रयोग हुने र त्यसबाट सर्वसाधारणलाई असर गर्न थालेपछि संसदले यस सम्बन्धी ऐन बनाएको हो ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :