देशका धेरै ठाउँमा रातभर वर्षा,ठाउँ ठाउँमा बाढीको चेतावनी



काठमाडौं – देशका धेरै ठाउँमा रातभर ठूलो पानी परेको छ । बाहिरिने समयमा मनसुन सक्रिय भएका कारण पूर्वदेखि पश्चिमसम्म नै पानी परेको हो ।

पछिल्लो १२ घण्टामा पाल्पाको अर्चलेमा १ सय ८ र चितवनको देवघाटमा १ सय ७ मिलिमिटर पानी परेको छ । यस्तै गोरखामा ८३, नवलपुरमा ७०, इलाममा ३५, धनकुटामा ३०, काठमाडौंको कीर्तिपुरमा ६०, लमजुङमा ६०, अर्घाखाँचीमा ३५, दाङमा ४० र कर्णाली चिसापानीमा ३० मिलिमिटर वर्षा भएको छ । कास्की, लमजुङ्, गोरखा, पाल्पा,  तनहुँ,  लगायतका जिल्लामा पनि ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै,  बाढी सूचना केन्द्रले पनि धनकुटा, गोरखा, लमजुङ, कास्की, तनहुँ र पाल्पा जिल्लाको आसपासका क्षेत्रमा मध्यम देखी भारी बर्षा भएको हुँदा उक्त स्थान भई बहने स-साना खोलामा जलसतह बढ्न सक्ने र आकस्मिक बाढी आउन सक्ने भन्दै चेतावनी जारी गरेको छ ।

गएको सोमबारदेखि परिरहेको झरीले देशभरको जनजीवन प्रभावित हुन थालेको छ । भोलि  विहीबारसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । भोलि बेलुकादेखि मात्रै मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ