नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनमा चार बजेपछि चुनावी प्रक्रिया शुरु हुने



१६ असोज, पोखरा । नेकपा एमाले गण्डकीको अधिवेशनमा आज चार बजेपछि नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढ्ने भएको छ । हिजो दिउँसो उद्घाटनपछि पोखरा सभागृहमा अधिवेशनको बन्द सत्र चलेको थियो ।

अधिवेशनमा अध्यक्ष नवराज शर्माले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथि दिनभरि आठवटा समूह बनाएर समूहगत छलफल गर्ने, महासचिवको सम्बोधन सुन्ने र ४ बजेपछि चुनावी प्रक्रिया अघि बढाउने तयारी रहेको एमाले प्रदेश उपसचिव एवम् प्रचार विभाग प्रमुख रश्मी आचार्यले जानकारी दिए । आज उम्मेदवार दर्ता गर्ने, मतदाता नामावली प्रकाशन गर्ने र बुधवार चुनाव गर्ने तयारी रहेको छ ।

गण्डकी अध्यक्षका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको तर्फबाट अहिलेका अध्यक्ष नवराज शर्मा र महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबाट केन्द्रीय सदस्य मायानाथ अधिकारी अध्यक्षका उम्मेदवार बन्ने चर्चा छ । गण्डकीमा ११ जिल्ला र जनसङ्गठनबाट ९ सय ७ जना प्रतिनिधि छन् उनीहरुले १ सय ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

काठमाडौं – जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसहित उच्च

मकवानपुर – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६, पानीसारास्थित एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

तातोखबर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् । उनले सामाजिक सञ्जाल सञ्चालन