इन्द्रजात्रा हेर्न हिँडेरै वसन्तपुर पुग्ने राष्ट्रपतिसहित ’भीभीआईपी’ प्रति मेयर शाहद्वारा आभार व्यक्त

११ असोज, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरको अनुरोध स्वीकार गरेर इन्द्रजात्रा हेर्न राष्ट्रपतिसहित अन्य विशिष्ट व्यक्ति पैदलै वसन्तपुर पुगेकोमा आभार व्यक्त गरेका छन् ।
असोज ११ बिहीवार इन्द्रजात्रा हेर्न राष्ट्रपति रामचन्द्र पौडेलसहित अन्य विशिष्ट व्यक्ति न्युरोडको जुद्धशम्शेरको शालिकबाट हिँडेर वसन्तपुर पुगेको थिए । मेयर शाहले सामान्यजस्तो लागे पनि काठमाण्डौका सम्पदा संरक्षणमा यो अर्काे फड्को भएको बताएका छन् ।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रपति, अन्य विशिष्ट अतिथिहरूले काठमाण्डौ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको ‘नो भेहकल जोन’ (गाडी निषेधित क्षेत्र) मा गाडी प्रवेश गराइदिनु भएन । उहाँहरूले जुद्ध शालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भयो । हामीलाई विश्वास छ, यसबाट राष्ट्रपति, अन्य विशिष्ट अतिथिहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ । सामान्यजस्तो लागे पनि काठमाण्डौका सम्पदा संरक्षणमा यो अर्को फड्को हो । हाम्रो अनुरोधको परिवर्तनलाई स्वीकार गरिदिनु भएकोमा आभारी छौँ । हाम्रो सम्पदा, हाम्रो पहिचान ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस